Connect with us
Kapilvast Forest

समयमाई बचत तथा ऋण सहकारी संस्थाको १३ औ साधारण

२०७८, १७ पुष शनिबारमा प्रकाशित

कपिलवस्तु -तौलिहवा स्थित समयमाई बचत तथा ऋण सहकारी संस्थाको १३ औ साधारण सभा संपन्न गरिएको छ । ब्यानर पढेर कार्यक्रमको उदघाटन गर्दै प्रमुख अतिथी डाक्टर सुशिला श्रीवास्तवले सहकारीले समाजिक सशक्तिकरणमा समेत लागनी गर्नु पर्ने बताए ।

उनले जनताको बचत सुरक्षित गरी सहकारीले सामाजिक उत्थानकालागि काम गर्नु पर्ने बताए । सो अवसरमा ४ जना बचतकर्ता र सेयरधनीलाई सम्मानित गरिएको थियो । ज्येष्ठ निक्षेपकर्ता साबित्रीदेबि श्रेष्ठ, असल निक्षेपकर्ता रमादेबी रेग्मी, एकल महिला निक्षेपकर्ता गंगा पराजुली, र असल कर्जाग्राही फुलमति कोहारलाई प्रशंसा पत्रले सम्मानित गरिएको हो । कार्यक्रममा सचिव गोप्कृष्ण शर्माले गत आर्थिक बर्ष २०७७÷०७८ को बार्षिक प्रतिबेदन प्रस्तुत गरेका थिए ।

यस्तै उपाध्यक्ष जर्नादन पराजुलीले आय ब्यय प्रस्तुत गरको थिए भने अध्यक्ष मधुसुनदन श्रैष्ठले आगामी आर्थिक बर्षको कार्ययोजना प्रस्तुत गरेका थिए । अध्यक्ष श्रेष्ठको अध्यक्षता र बिश्वराज पाण्डेयको संचालनमा भएको कार्यक्रममा कमला श्रेष्ठ लगायतले शुभकामना मन्तब्य दिएका थिए ।