Connect with us
Kapilvast Forest

यी २० सांसदको पद जाँदै, को-को परे ? (सूचीसहित)

२०७८, २० पुष मंगलवारमा प्रकाशित

 

 

काठमाडौं- राष्ट्रिय सभाको २० पद रिक्त हुँदैछ। जसमध्ये १९ पदको लागि माघ १२ मा निर्वाचन हुनेछ भने १ पदमा राष्ट्रपतिबाट मनोनित हुनेछ। फागुन २० गतेपछि एमालेका ८ जना, माओवादी केन्द्रका ५ जना (राष्ट्रपतिबाट मनोनित रामनारायण बिडारीसहित) , नेकपा एकीकृत समाजवादीका ४ जना र कांग्रेसका ३ जनाको पदावधि सकिने छ। गत जेठ १७ गते भएको उपनिर्वाचनबाट राष्ट्रिय सभा सदस्य भएका कांग्रेसका दृगनारायण पाण्डेय पनि पदमुक्त हुनेछन्।

यी हुन् पदावधि सकिँदै गरेका सांसद

प्रदेश १
अगमप्रसाद वान्तवा राई / एमाले
नैनकला ओझा / एमाले / अन्य
परशुराम मेघी गुरुङ / एमाले / अन्य

प्रदेश २
सुमनराज प्याकुरेल/ एमाले/ अन्य
शशिकला दाहाल / माओवादी केन्द्र/ महिला

बागमती
राधेश्याम अधिकारी / कांग्रेस/ अन्य
उदया शर्मा पौडेल / एकीकृत समाजवादी/ महिला

गण्डकी प्रदेश
दीनानाथ शर्मा / माओवादी केन्द्र/ अन्य
खिमकुमार विक/ माओवादी केन्द्र/ दलित
शान्तिकुमारी अधिकारी जिसी / एकीकृत समाजवादी/ महिला

लुम्बिनी प्रदेश
कोमल वली / एमाले / महिला
रामलखन चमार / एमाले / दलित
दृगनारायण पाण्डे / कांग्रेस/ अन्य

कर्णाली प्रदेश
कविता बोगटी / एमाले / महिला
जीवन बुढा / माओवादी केन्द्र/ अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदाय
ठगेन्द्रप्रकाश पुरी / एकीकृत समाजवादी/ अन्य

सुदूरपश्चिम प्रदेश
चक्रप्रसाद स्नेही / एमाले / दलित
तारादेवी भट्ट / कांग्रेस/ महिला
शेरबहादुर कुँवर / एकीकृत समाजवादी/ अन्य

राष्ट्रपतिबाट मनोनित
रामनारायण बिडारी

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu