Connect with us
Kapilvast Forest

चिनियाँ जहाज बेच्न संसदीय समितिको निर्देशन

२०७६, ३१ भाद्र मंगलवारमा प्रकाशित

काठमाडौं । राजधानीबाट मंगलबार प्रकाशित पत्रपत्रिकाले फरक – फरक विषयका समाचारलाई प्राथमिकताका साथ सम्प्रेषण गरेका छन् ।

अन्नपूर्ण पोष्ट् दैनिकले ‘चिनियाँ जहाज बेच्न निर्देशन’ शीर्षकमा प्रमुख समाचार प्रकाशित गरेको छ । समाचार अनुसार नाफा कमाउन नसकेको भन्दै नेपाल आयल निगमका दुई चिनियाँ जहाज बेच्न संसदीय समितिले निर्देशन दिएको छ । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले ५८ सिट क्षमताका मोर्डन आर्क (एमए) ६० नामका दुई जहाज बिक्री गरेर भविष्यमा हुन सक्ने थप घाटा कम गर्न सरकारलाई निर्देशन दिएको हो ।

समितिले १८ सिट क्षमताका वाई १२ ई नामका चारवटा जहाजका सम्बन्धमा भने कुटनीतिक प्रयासबाट समस्या समाधान गराउनु भनेको समाचारमा लेखिएको छ । समितिले निर्माता कम्पनीसँग आवश्यक उडानका पाटपुर्जा समयमा नै उपलब्ध गराउन पहल गर्नेसहितको निर्देशनसमेत सरकारलाई दिएको छ ।

कान्तिपुर दैनिकमा मेडिकल ‘शिक्षामा चर्को शुल्क, अझै’ शीर्षकमा मुख्य समाचार छ । चिकित्सा शिक्षाका विकृति रोक्न ६ महिना अघि छुट्टै ऐन जारी गरिए पनि कार्यान्वयन प्रभावकारी नहुँदा विद्यार्थीमाथि मेडिकल कलेजहरुले चर्को शुल्क असुल्न जारी राखेका छन् । समाचारमा उल्लेख भए अनुसार चिकित्सा शिक्षा आयोगले पूर्णता नपाइरहेको र विश्वविद्यालयको अनुगमन फितलो भइरहेको मौका छोपेर कलेजहरुले मनपरी शुल्क असुलिरहेका हुन् ।

निजि मेडिकल कलेजहरुले सरकारले तोकेभन्दा लाखौं बढी लिँदै आएका छन् । शुल्क फिर्ताको माग गर्दै चितवन मेडिकल कलेज भरतपुर र गण्डकी मेडिकल कलेजका विद्यार्थी फेरि आन्दोलनमा उत्रिएका छन् । कान्तिपुरले सर्वोच्चले नक्कली भ्याट बिलको फाइल खोलेको समाचारलाई पनि प्रथम पृष्ठमा छापेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu