यसबारे संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले वायुसेवा कम्पनीलाई जानकारी गराएका छन् । सोही अनुसार वायुसेवा सञ्चालक संघले आफ्नो सदस्यहरुलाई सर्कुलर गरेको छ ।
नयाँ निर्णय अनुसार यात्रुले दोब्बर माक्स लगाएको हुनुपर्ने छ । यस अवस्थामा फेस शिल्ड अनिवार्य गरिने छैन । यात्रा अवधिभर माक्स खोल्न पाइने छैन । यात्रुसँग खोप कार्ड हुनुपर्ने छ । कार्ड बोक्न नसक्दा मोवाइलमा फोटो देखाए पनि हुने व्यवस्था गरिएको छ ।
यात्रुको तापक्रम नाप्ने व्यवस्था भने वायुसेवा कम्पनीले मिलाउनु पर्नेछ । यात्रु चेक इन गर्ने समयमा उनीहरुलाई संक्रमक रोग सम्बन्धि लक्षण भए नभएकोबारे सोधपुछ गरिने छ ।