Connect with us
Kapilvast Forest

वडा अध्यक्षले सिफारिस नदिए जसपाले आन्दोलन गर्ने

२०७८, ८ माघ शनिबारमा प्रकाशित

कपिलवस्तु-जनता समाजवादी पार्टी नेपाल लुम्बिनी प्रदेशले नागरिकलाई सहज रुपले सेवा दिन माग गरेको छ ।

केही दिन देखि कपिलवस्तुको शिवराज नगरपालिका १० नं वडाले नागरिकले पाउनु पर्ने सेवा नदिएको भन्दै जसपा नेपालले नागरिकहरुलाई सिफारिस दिनुपर्न लुम्बिनी प्रदेशका अध्यक्ष अशोक यादवले जानकारी दिनु भयो ।

राजनितिक प्रतिसोधका कारण शिवराज नगरपालिका वडा नं १० को वडा अध्यक्ष मन्जु मिश्राले सितलापुरका रउफ धोबीलाई सिफारिसबाट बन्चित गर्नु भएको छ ।

यसरी राजनीतिक प्रतिसोध राखी निर्वाचित प्रतिनिधिले सिफारिस रोक्ने कार्य हदैसम्मको गलत तथा गैर राजनीतिक चरीत्र भएको अध्यक्ष यादवले बताउनु भयो ।

वडाअध्यक्षले नागरिकहरुलाई सहज रुपमा सेवा प्रवाह नगरे आन्दोलनमा जाने चेतावनी दिनु भयो ।

शुक्रवार नागरिकको हक अधिकारको लागि निरन्तर खबरदारी गर्दै कपिलवस्तुको शिवराज नगरपालिका १० लालपुरमा कपिलवस्तु मिडिया प्रा ली ले सूचनाको हक प्रयोग गरी सूचना माग समेत गरेको छ।

सूचनाको हक प्रयोग गरी सूचना माग-

 

चौकिल्ला मागेको प्रमाण पत्र

सम्बन्धित समाचार-

वडाअध्यक्ष मिश्राको दादागिरी, गर्दैनन नागरिकको सिफारिस

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu