युक्रेनका विषयमा रुस र अमेरिकाबीच राष्ट्रसंघमा बाझाबाझ
एजेन्सी-युक्रेनका विषयमा रुस र अमेरिकाबीच तनाव घट्ने संकेत छैन ।सोमवार संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा युक्रेन विषयमा भएको मतदानका बेलामा दुई देशका कूटनीतिकर्मी भिडेका छन् ।
रुसले युक्रेन सीमामा सैनिकहरू तैनाथ गरेर क्षेत्रीय शान्तिलाई जोखिममा पारेको आरोप अमेरिकाले लगायो । रुसले त्यसको जवाफ फर्काउँदै अमेरिकामाथि झूटो डर फैलाएको आरोप लगायो ।
आरोपप्रत्यारोप चल्दै गर्दा अमेरिकाका राष्ट्रपति जो बाइडनले रुसलाई धम्की दिनु भएको छ । रुसले कुराकानीमार्फत अमेरिका र सहयोगी देशको सुरक्षा चिन्ता हटाउनुपर्ने उहाँले बताउनु भयो । त्यसको साटो रुसले युक्रेनमाथि आक्रमण गरेमा गम्भीर परिणाम भोग्नुपर्ने उहाँले चेतावनी दिनु भयो ।