Connect with us
Kapilvast Forest

घरका सबै सदस्यलाई बेहोस बनाएर लुटपाट

२०७८, २२ माघ शनिबारमा प्रकाशित

धनगढी- दुई भारतीय नागरिकले कञ्चनपुरमा एक घरका सबै सदस्यहरुलाई बेहोस बनाएर लुटपाट गरेका छन् ।जिल्लाको भीमदत्त नगरपालिका–३ को शुभप्रभात टोलका स्थानीय सन्तोश पाण्डेका परिवारका सबै सदस्यलाई बेहोस बनाएर शुक्रबार राति घरमा लुटपाट भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ताप्रहरी नायब उपरीक्षक(डीएसपी) चक्रबहादुर शाहले पाण्डेका अनुसार घरमा दुई दिन अगाडि मात्र कोठा भाडा लिएर बस्दै आएका दुई जना भारतिय नागरिकले सबैलाई बेहोस बनाएर लुटपाट गरिएको जानकारी दिनु भयो ।

‘दुई दिनअघि मात्र उहाँको घरमा कोठा भाडा लिएर बस्ने गरेका दुई जना भारतीय नागकिरले शुक्रबार राति श्रीमतीको जन्मदिन परेको भन्दै मिठाइ र केक खुवाउनुभएको रहेछ,’ डीएसपी शाहले भन्नु भयो , ‘तर पिठाइ र केकमा नसालु पदार्थ खुवाएर घरका सबै सदस्यलाई बेहोस बनाएर लुटपाट भएको देखिन्छ ।’

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu