Connect with us
Kapilvast Forest

साेलुखुम्बुमा हिउँले सडक अवरुद्ध हुँदा गाडी चल्न सकेनन् : सयाैँ यात्रु अलपत्र

२०७८, २३ माघ आईतवारमा प्रकाशित

सोलुखुम्बु – भारी हिमपातका कारण हिमाली जिल्ला सोलुखुम्बुमा तीन दिनयता चल्न सकेका छैनन् । सडक मार्गबाट जिल्ला भित्रिने मुख्य नाका पत्ताले क्षेत्रमा बाक्लो हिउँ जम्दा शुक्रबारदेखि गाडी सञ्चालन बन्द बनेको हो ।

यातयातत व्यवसायी दोर्जी शेर्पाका अनुसार पत्ताले क्षेत्रको सडकमा २ देखि ३ फीट सम्म हिउँ जमेको छ । सडक खुलाउन सडक डिभिजन कार्यालय ओखलढुंगाले जेसीबीको प्रयोग गरेपनि सम्भव नभएको यात्रु ङिमा ग्लाल्जेन शेर्पाले बताउनुभयो । उहाँका अनुसार जेसीबीले सडकको हिउँ पन्छाएर सडक खुलाउने कोसिस गरे पनि शनिबार सम्म हिमपात नरोकिएकाले खुलाउन नसकेको हो । जसका कारण तीन दिनयता जिल्ला भित्रिने तथा बाहिरिने कुनै पनि गाडी चल्न सकेका छैनन् भने सोलुखुम्बुका लागि छुटेका गाडीहरु पनि ओखलढुंगाको ठाढे, टोड्के, विप्ल्याटे लगायतका स्थानमा तीन दिन देखि रोकिएका छन् । यी क्षेत्रमा दर्जनौँ गाडीहरु अलपत्र परेका छन् । गाडी रोकिएसँगै खान बस्नको समेत समस्या भएको यात्रुहरुले गुनासो गरेका छन् । विशेष गरी असक्त, बालबालिका,वृद्धवृद्धा यात्रु समस्यामा परेको बताइएको छ ।

यस्तै माघ महिनामा विवाहको समय भएकाले सोलुखुम्बु आउने जन्ती समेत ठाडे क्षेत्रमा रोकिएका छन् । हिमपात भएको बेला सामान्य भएपनि त्यसपछिको सडक यात्रा जोखिमपूर्ण हुने जिल्ला ट्राफिक प्रहरी कार्यालय सोलुखुम्बुका इन्चार्ज कृष्ण कटवालकाे भनाइ छ । आइतबार दिउँसो सम्ममा सडक खुलाउने सडक डिभिजन कार्यालय ओखलढुंगाले जनाएको छ ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu