राप्रपाको युवा संगठन विस्तार, क्षेत्र नं ३ को अध्यक्षमा मौर्य
कपिलवस्तु्- राप्रपा कपिलवस्तु्को भेलाले कपिलवस्तु क्षेत्र ३ को युवा संगठन विस्तार गरिएको छ ।
राप्रपा लुम्बिनी प्रदेश कोषाध्यक्ष सइद अहमद शाह, जिल्ला अध्यक्ष नारायण बहादुर सिंह, शिवराज नगर अध्यक्ष राम बहादुर रायमाझी लगायतको रोहबरमा युवा संगठन विस्तार गरिएको छ ।
विजय प्रताप मौर्यको अध्यक्षतामा कपिलवस्तु क्षेत्र नं ३ को युवा संगठन विस्तार गरिएको हो ।
उपाध्यक्ष जिवन जिसी, सुरज प्रसाद यादव, सचिव श्रवण कुमार कुर्मी, कोषाध्यक्ष विजय प्रकाश चौधरी, सहसचिव अमर सुनार लगायतलाई चयन गरीएको छ ।
अन्य सदस्यहरुलाई विभिन्न पालिकाबाट छनोट गरी मनोनयन गरिने राप्रपा लुम्बिनी प्रदेश कोषाध्यक्ष सइद अहमद शाहले बताउनु भयो ।