Connect with us
Kapilvast Forest

१२ देखि १७ उमेर समूहका ३२ प्रतिशतले लगाए पूर्ण मात्रा खोप

२०७८, २५ माघ मंगलवारमा प्रकाशित

 

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सरकारले खोप अभियान सुरु भएदेखि सोमबारसम्म तीन करोड ४० लाख ८४ हजार ८६८ मात्रा खोप लगाएको छ ।

जसमा पहिलो मात्रा एक करोड ७८ लाख २६ हजार ५९४, पूर्णमात्रा एक करोड ४६ लाख २८ हजार ५३३ र अतिरिक्त मात्रा छ लाख २९ हजार ७४१ जनाले लगाएको मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ।
कुुन उमेर समुहका कति खोप लगाए
त्यस्तै सरकारले १८ वर्ष माथिका लक्षित जनसंख्याको एक करोड ९९ लाख २२ हजार १६४ जनालाई चैत मसान्तसम्म खोप लगाउने लक्ष्य लिएको छ ।

अहिलेसम्म सरकारले १८ वर्ष माथिका लक्षित जनसंख्याको ८८.४ प्रतिशत अर्थात एक करोड ७६ लाख तीन हजार १५३ र ७२.७ प्रतिशत अर्थात एक करोड ४४ लाख ९० हजार ९०२ जनाले पूर्ण मात्रा खोप लगाएका छन् ।

१२ देखि १७ उमेर समुहका कतिले लगाए खोप
सरकाले १२ देखि १७ उमेर समुहका ३४ लाख पाँच हजार ४५५ जनालाई कोरोना खोप लगाउने लक्ष्य लिएको छ । जसमा अहिलेसम्म ८० प्रतिशत अर्थात २७ लाख २९ हजार ५३४ जनाले एक मात्रा र ३२ प्रतिशत अर्थात १० लाख ९७ हजार ३५८ जनाले पूर्णमात्रा खोप लगाएको मन्त्रालयको तथ्यांमा उल्लेख गरिएको छ।
कुल जनसंख्या
नेपालले कुल जनसंख्याको दुई करोड ९१ लाख ९२ हजार ४८० जनालाई खोप लगाउने लक्ष्य लिएको छ । तर अहिलेसम्म कुल जनसंख्याको ७०.६ प्रतिशत अर्थात दुई करोड छ लाख सात हजार ११५ जनाले एक मात्रा र ५३.३ प्रतिशत अर्थात एक करोड ५६ लाख २८ हजार ५३३ जनाले पूर्ण मात्रा खोप लगाएका छन् ।

बालबालिकाको खोप प्रक्रियामा
राष्ट्रिय खोप सल्लाहकार समितिको सिफारिसमा सरकारले नेपालमा पनि ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई पनि कोरोना भाइरसविरुद्धको खोप लगाउने तयारी गरेको हो । बालबालिकाहरुलाई लक्षित गरी सरकाले फाइजर खोप खरिदको काम अगाडि बढेको जनाएको छ । बालबालिकाहरुलाई पुग्ने ८४ लाख डोज खोप खरिद गर्न प्रक्रिया अगाडि बढाएको हो । बालबालिकाहरुलाई दुई महिना भित्र खोप लगाउने जनाएको छ।
सरकारले अहिलेसम्म विभिन्न माध्येमबाट चार करोड ५७ लाख आठ हजार ६४० मात्रा खोप प्राप्त गरिसकेको छ ।