Connect with us
Kapilvast Forest

माओवादीलाई सिध्याउन खोज्ने प्रतिगमनकारी शक्ति पराजित भइसके : प्रचण्ड

२०७८, २७ माघ बिहीबारमा प्रकाशित

prachanda-

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डुले माओवादीलाई सखाप पार्न लाग्ने प्रतिगमनकारी शक्तिहरू पराजित भएको दाबी गर्नु भएको छ ।

मधेश प्रदेशका जनप्रतिनिधिहरूलाई काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘माओवादीलाई सखाप पार्न खोज्ने प्रतिगमनकारी शक्तिहरू पराजित भइसके र जनता विजयी भइसकेका छन्।’

उहाँले मधेश र लुम्बिनी लगायतका प्रदेशमा माओवादीमा प्रवेश गर्नेको लहर चलेको दाबी गर्नु भयो । शान्ति सम्झौतामा हस्ताक्षर गर्ने वेलामा नै मधेशी जनता माओवादीमय भइसकेको दाबी गर्दै त्यो वेला भ्रम छरेको उनले आरोप लगाउनु भयो ।

प्रचण्डले भन्नु भयो , ‘पछिल्लो समय विदेशी शक्तिहरूले मधेशमा माओवादीविरुद्ध भ्रम छरे। मधेशी जनताको अधिकारका लागि भन्दै हिँडेका केपी ओली विदेशी शक्तिको इसारामा चले। मधेशका जनताको भविष्य सुनिश्चित भएको पार्टी माओवादी नै हो। मधेशी जनताको पक्षमा भएको दाबी गर्ने पार्टीहरू नै अहिले संघीयता र गणतन्त्र विरोधी भए।’मधेशी जनताप्रति माओवादीमा बढेको मोहले विदेशी शक्तिले माओवादीविरुद्ध जनतामा छरेको भ्रम सकिएको प्रचण्डको बुझाइ छ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu