Connect with us
Kapilvast Forest

कपिलवस्तुमा थपिए ७५ हजार बढी मतदाता

२०७८, ३ फाल्गुन मंगलवारमा प्रकाशित

 

 

कपिलवस्तु -दश पालिका रहेको कपिलवस्तुमा ७५ हजार बढी मतदाता थपिएका छन्। मतदाता नामावली संकलनबाट जिल्लामा ७५ हजार ७ सय १२ जना नयाँ मतदाता थपिएका हुन्। यससंगै जिल्लामा मतदाताको संख्या ३ लाख ८७ हजार ४ सय ७२ पुगेको जिल्ला निर्वाचन कार्यलय प्रमुख ज्ञानुराम पन्थीले बताए।

माघ २४ गते सम्म २ लाख ८ हजार २ सय ८० पुरुष, १ लाख ७९ हजार १ सय ९० महिला र २ जना तेस्रो लिंगी मतदाता छन्। जिल्लामा गत प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचन २०७४ मा ३ लाख ११ हजार सात सय ६० मतदाता रहेका थिए। गत मंसिर १७ देखि पुष १९ मा सकिएको मतदाता दर्ता विशेष कार्यक्रममा १० स्थानीय तहबाट १५ हजार ४ सय ९१ ले नाम दर्ता गराएका थिए।

मतदाता नामावली संकलनबाट संकलित मतदाताको संख्या मात्र अहिले निकालिएको र ती मतदातालाई अद्यावधिक गर्न बाँकी रहेको निर्वाचन कार्यालयका प्रमुख पन्थीले बताए। ‘थपिएका मतदाता र वाँकी मतदाता नामावलीलाई प्रत्येक पालिकामा पठाइने र सुचना र दावी विरोध पछि अन्तिम नामवली अबको एक महिना भित्रै सार्वजनिक गछौ ’ उनले भने।

१६ वर्ष उमेर पुगेपछि नेपाली नागरिकले मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था छ। मताधिकार प्रयोग गर्न १८ वर्ष पुग्नु पर्ने हुन्छ। मतदाता संख्या बढे संगै जिल्लामा मतदान केन्द्र पनि बढ्ने भएको छ। २०७४ को प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा २ सय ३३ वटा मतदान केन्द्र रहेकोमा त्यसपछि २ वटा थप गरीए संगै २ सय ३५ मतदान केन्द्र पुगेको छ। बाहिरी जिल्लाबाट यस जिल्लामा १ सय ४३ जनाले मतदान गर्न पाउने गरी निवेदन दर्ता गराएको जिल्ला निर्वाचन अधिकारी पन्थीले बताए।

सरकारले स्थानीय तह निर्वाचनको मिति तोके सँगै निर्वाचन आयोगले मंगलवारबाट मतदाता नामावली संकलन स्थगित गरेको छ। उता स्थानीय पालिकाको निर्वाचको मिति तोकिएसंगै गाउँ र चोक चोकमा निर्वाचनको चर्चा सुरु भएको छ। १० वटै पालिकाका बाहालवाला जन प्रतिनिधिहरु फेरी लड्ने बताएका छन्। उनीहरुले आफूले टिक पाउन लबिङ समेत सुरु गरेका छन्। १० पालिका र ९६ वटा वार्ड जिल्लामा छन्। त्यसमध्ये ६ ठाउँमा कांग्रेस, र दुईरदुई स्थानमा जनता समाजवादी पार्टी र एमालेका उम्मेदवारले गत निर्वाचनमा जितेका छन्।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu