Connect with us
Kapilvast Forest

बालुवाटारमा प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओली छलफलमा

२०७८, १२ फाल्गुन बिहीबारमा प्रकाशित

 

काठमाडौं-प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) अध्यक्ष ओलीबीच बालुवाटारमा छलफल सुरु भएको छ।

प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच प्रधानमन्त्री निवास बालुवाटारमा भर्खर छलफल सुरु भएको हो। प्रधानमन्त्री देउवाका प्रेस संयोजक गोविन्द परियारका अनुसार ओली बालुवाटार पुगेपछि भर्खरै छलफल सुरु भएको हो।

यसअघि बिहीबार दिउँसो प्रधानमन्त्री देउवाले प्रतिपक्षी दलका नेता ओलीसँगै एमाले शीर्ष नेतासँग छलफल गर्नुभएको थियो। बिहीबारका लागि तोकिएको प्रतिनिधिसभा बैठक स्थगित गरेर प्रधानमन्त्री देउवाले छलफललाई तीव्रता दिनुभएको हो।

सत्ता गठबन्धनमा सहभागी नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादी पार्टीले एमसीसीको विपक्षमा मत दिने निर्णय गरेपछि देउवाले प्रतिक्षी दलसँग छलफल अगाडि बढाउनुभएको हो।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu