Connect with us
Kapilvast Forest

चुनावमा एमालेलाई जिताउन अनेम सक्रिय हुनु पर्छ :पोलिटब्युरो सदस्य घिमीरे

२०७८, २८ फाल्गुन शनिबारमा प्रकाशित

 

कपिलवस्तु-अखिल नेपाल महिला संघ कपिलवस्तुको १० औं जिल्ला सम्मेलनको उद्घाटन सत्र बुद्धभूमि नगरपालिका वडा नं २ गोरुसिंगेमा सम्पन्न भएको छ । उद्घाटन शत्रका प्रमुख अतिथी नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा राष्ट्रिय सभा सदस्य बिमला घिमिरेले अखिल महिलासंघले स्थापना काल देखि नै आफ्नो निती नियममा रहेर महिलाहरुको हकहितमा रहेर कार्यहरु गर्दै आएको बताउनु भयो । अखिल महिला संघको १० औं जिल्ला सम्मेलनमा बोल्दै उँहाले यस्तो बताउनु भएको हो । अब आउने निर्वाचनमा पार्टीलाई जिताउन अखिल नेपाल महिला संघ तमतयार भएर लाग्न जरुरी भएको बताउनु भयो । तिन तहको निर्वाचनमा नेकपा एमालेको जित निश्चित भएको हुँदा महिला संघका दिदी बहिनीहरु सक्रिय भएर लाग्नुपर्ने बताउनु भयो ।

कार्यक्रममा पार्टीका प्रदेश सदस्य, अनेम संघका केन्द्रिय सदस्य तथा जिल्ला ईन्चार्ज शान्तिदेवी हरिजनले अखिल नेपाल महिला संघले आ आफ्नो निती नियममा रहेका काम गर्दै आएको बताउनु भयो । संगठन बलियो भए पार्टी बलियो हुने भएको हुँदा स्थानीय निर्वाचनमा महिलाको नेतृत्व बढाउनुपर्नेमा जोड दिनु भयो । साथै निर्वाचित कमिटीका पदाधिकारीहरुलाई अग्रिम शुभकामना दिनु भयो ।

यसैगरी पार्टीका लुम्बिनी प्रदेश कमिटी सदस्य सुर्य कुमारी शाही , पार्टीका सचिवालय सदस्य तथा संघका केन्द्रिय सदस्य रिता चौधरी , अखिल नेपाल महिला संघका केन्द्रिय सदस्य शिव कुमारी थारु , पार्टीका जिल्ला सचिवालय सदस्य पिताम्बर खनाल, नेकपाका जिल्ला सचिवालय सदस्य कृष्ण भट्टराई लगाएतले आफ्नो मन्तब्य दिनु भयो । साथै अनेम संघका महिला दिदी बहिनीहरुलाई जिम्मेवारीका साथ अगाडी बढ्न आग्रह गर्नु भयो । कार्यक्रम अखिल महिला संघका जिल्ला अध्यक्ष शारदा शर्माको अध्यक्षतामा संघका उपाध्यक्ष शुसिला दर्लामीको स्वागत तथा संघका जिल्ला सचिव चेतना अधिकारीको संचालनमा पार्टीका नेताहरुको उपस्थितीमा उद्घाटन कार्यक्रम सम्पन्न भएको अखिल नेपाल महिला संघ जिल्ला कमिटीले जानकारी दिएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu