Connect with us
Kapilvast Forest

राष्ट्र उत्थानको सेयर कारोबार खुला, जाल्पाको कारोबार हुन सकेन

२०७८, २९ फाल्गुन आईतवारमा प्रकाशित

काठमाडौं – राष्ट्र उत्थान लघुवित्तको सेयर कारोबार आइतबारबाट सुरु भएको छ । राष्ट्र उत्थानको पहिलो कारोबार प्रतिकित्ता ५०२ रुपैयाँमा खुला भएको हो । नेप्सेले यसको ओपनिङ रेन्ज पनि न्यूनतम १६७ रुपैयाँ ४३ पैसादेखि अधिकतम ५०२ रुपैयाँ २९ पैसा तोकेको थियो । सोही रेन्जको उच्चतम विन्दुबाट कारोबार सुरु भएको हो । ‘आरयुएलबी’ संकेतमा यसको कारोबार खुला भएको हो ।

राष्ट्र उत्थानको चुक्ता पुँजीका आधारमा कायम कुल २६ लाख कित्ता सेयर बिहीबार सूचीकरण भएको थियो । यता, जाल्पा सामुदायिक लघुवित्तको भने आइतबार सेयर कारोबार हुन सकेन । प्रि ओपन सेसनमा म्याच नभएपछि आइतबार कारोबार नभएको हो । अब सोमबार प्रि ओपन सेसनमा अर्डर म्याच भएमा मात्र यसको कारोबार सुरु हुनेछ ।

जाल्पाको चुक्ता पुँजीका आधारमा कायम कुल १६ लाख कित्ता सेयर शुक्रबार सूचीकरण भएको हो । नेप्सेले यसको ओपनिङ रेन्ज न्यूनतम १६४ रुपैयाँ ६० पैसादेखि अधिकतम ४९३ रुपैयाँ ८० पैसा तोकेको छ । ‘जेएएलपीए’ संकेतमा यसको कारोबार खुला हुनेछ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu