Connect with us
Kapilvast Forest

ठेकेदार पाण्डेलाई ७ दिन हिरासतमा राख्न अदालतको अनुमति

२०७८, ३० फाल्गुन सोमबारमा प्रकाशित

 

 

तुलसीपुर–घोराही फोर लेन सडकका ठेकेदार अनुप पाण्डेलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । ठगीको कसुरमा पक्राउ परेका पाण्डेलाई हिरासतमै राखेर अनुसन्धान गर्न उच्च अदालत तुलसीपुरले आइतबार ७ दिनको समय दिएको हो ।

 

तुलसीपुर–घोराही फोर लेन सडकखण्ड निर्माण गर्ने भन्दै भारतीय ठेकेदार कम्पनीसँग पेटी ठेक्का लिएका अनुपले सडक निर्माणका क्रममा प्रयोग गरेका सवारी साधन, त्यसमा लाग्ने इन्धन, हार्डवेयर लगायतका सामान खरिद गरी चेक दिएको तर चेक नसाटिएको पीडितहरुले बताएका छन् ।

सामान लगेर रकम नदिएको र दिइएको चेक पनि बाउन्स भएको भन्दै स्थानीय व्यवसायी गेहेन्द्र बस्नेतले पाण्डेविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । सोही उजुरीको सम्बन्धमा छानबिनका लागि जिल्ला प्रहरी कार्यालय दाङले उच्च अदालत तुलसीपुरबाट पक्राउ पूर्जी लिएको थियो । त्यसपछि फरार भएका पाण्डेलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले काठमाडौंको जडिबुटीबाट पक्राउ गरेको थियो ।

शनिवार काठमाडौंमा पक्राउ परेका पाण्डेलाई सिआइबीले आइतबार दाङ पठाएको थियो । जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी सुरेश काफ्लेका अनुसार अदालतबाट अनुसन्धानका लागि ७ दिनको म्याद प्राप्त भएकाले अब ठगीको सम्बन्धमा अनुसन्धान हुने बताए । पाण्डेलाई जिल्ला प्रहरी कार्यालय दाङको हिरासतमा राखिएको छ ।

घोराही–तुलसीपुर सडक खण्डका पेटी ठेकेदार अनुप पाण्डे तुलसीपुरका मेयर घनश्याम पाण्डेका छोरासमेत हुन् । उनी नेकपा एमालेको तर्फबाट निर्वाचित मेयर हुन् भने ठगीको कसुरमा उजुरी दिने गेहेन्द्र बस्नेत नेकपा एमालेकै जिल्ला तहका नेता हुन् । बस्नेतले ठेकेदार पाण्डेविरुद्ध १ करोड ४४ लाख रुपैयाँ ठगी गरेको भन्दै गत माघमा प्रहरीमा उजुरी दिएका थिए । दुवै पक्ष एउटै पार्टीको भएको भन्दै सुरुमा पार्टी स्तरबाटै मुद्दा मिलाउन खोजेपनि मुद्दा नमिलेपछि आफू प्रहरीमा गएको पीडित बस्नेतले रातोपाटीलाई बताए ।

पाण्डेले स्थानीय व्यवसायी बस्नेतलाई दिएको १ करोड ८ लाखको चेक बाउन्स भएको प्रहरीले जनाएको छ । उनीमाथि चेक अनादार मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । तुलसीपुरका मेयर घनश्याम पाण्डेकै कारण आफूहरुले उधारोमा सामान दिएको तर मेयरका छोरा अनुप पाण्डेले सामानको पैसा पनि नतिरेको भन्दै बस्नेतबाहेक थप १६ जनाले जिल्ला प्रशासन कार्यालयमा ठगीको उजुरी दिएका थिए । पाण्डेले उनीहरुको करिब ६ करोड रुपैयाँ तिर्न बाँकी रहेको बताइएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu