Connect with us
Kapilvast Forest

सासूको हत्या गरेको आरोपमा बुहारी पक्राउ

२०७८, ११ चैत्र शुक्रबारमा प्रकाशित

  दाङ – दाङमा प्रहरीले सासूको हत्या गरेको आरोपमा बुहारीलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा बबई गाउँपालिका-७ की २२ वर्षीया जमुना कुँवर रहेको इलाका प्रहरी कार्यालय खिलतपुरले जनाएको छ ।

६५ वर्षीया सासू गंगी कुँवरलाई हँसिया र चक्कु प्रहार गरेर हत्या गरेको आरोपमा बुहारी जमुना कुँवरलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय खिलतपुरका प्रहरी निरीक्षक नवीन चुँदालीले बताए । पक्राउ परेकी बुहारीले सासू गंगीको हत्या गरेको स्वीकार गरिसकेको उनले बताए ।

प्रहरी निरीक्षक चुँदालीका अनुसार केही समय यता सासू-बुहारीबीच मनमुटाव हुँदै आएको थियो । सोही क्रममा मंगलबार सासू गंगी खेतमा काम गरेर फर्कने बेला बिहान ९ बजे जमुनाले हत्या गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको छ ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu