Connect with us
Kapilvast Forest

वैद्य माओवादी परित्याग गर्दै संयुक्त समाजवादी मोर्चाको घोषणा

२०७८, १४ चैत्र सोमबारमा प्रकाशित

काठमाडौ – नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)ले निर्वाचन बहिष्कार गर्ने भएपछि पार्टीबाट विद्रोह गर्दै युवा, विद्यार्थीहरुले संयुक्त समाजवादी मोर्चाको घोषणा गरेका छन् ।

नेकपा (क्रान्तिकारी माओवादी) ले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन वहिष्कार गर्ने निर्णयमा असन्तुष्टि जनाउँदै पार्टीका युवा तथा विद्यार्थी नेताहरुले सो पार्टी परित्याग गरेका हुन् । सोमबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै नेकपा (क्रान्तिकारी माओवादी) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) का पूर्वकेन्द्रीय अध्यक्ष तथा देशभक्त जनगणतान्त्रिक मोर्चाका केन्द्रीय सदस्य सेवन्तराज भण्डारीको नेतृत्वमा संयुक्त समाजवादी मोर्चाको घोषणा गरिएको हो ।

पार्टीले निर्वाचनलाई वहिष्कार, उपयोग र फेरी वहिष्कारको नीति लिएर यथास्थिति गोलचक्करमा फसेकाले पार्टी परित्याग गर्नुपरेको संयुक्त समाजवादी मोर्चाका अध्यक्ष भण्डारीले बताउनुभयो । उहाँले मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीले तत्कालिन माओवादी पार्टीबाट विभाजन हुनुको औचित्य पुष्टि गर्न नसकेको उल्लेख गर्नुभयो ।

उहाँले मोहन वैद्यको नेतृत्वमा समाजवादी क्रान्ति पुरा गर्न सम्भव नभएकाले युवाहरुले विद्रोह गरेको पनि बताउनुभयो । उहाँले भन्नुभयो – ‘तत्कालित नेकपा(एकीकृत माओवादी) बाट फुटको औचित्य हामीले पुष्टि गर्न सकेनौँ । कुनै एङ्गलबाट पनि हामीले फुटको औचित्य पुष्टि गर्न सक्दैनौँ । अहिलेको चुनाव के गर्ने त भन्दाखेरी हिजो अस्ति भर्खरसम्म पनि निर्वाचन आयोगमा देशभक्त जनगणतान्त्रिक मोर्चाको नामबाट दर्ता थियो र उहाँहरुले शुल्क तिरीतिरी नविकरण गरिरहनुभएको थियो ।

अहिले अनायासै आएर उहाँहरुले फेरी वहिष्कार गर्ने निर्णयमा पुग्नुभयो । हामीले के बिचार ग¥यौँ त भन्दाखेरी यो यथास्थितिवादी गोलचक्कर हो । वहिष्कार, उपयोग अनि फेरी वहिष्कार । यो बाट कहाँ पुग्छौँ त हामी ? अहिलेको वहिष्कार कार्यक्रमबाट हामी कहाँ पुग्छौँ ? यसले के नतिजा दिन्छ ? यसले जुन नतिजा दिन्छ त्यो नतिजा पछाडी थप हाम्रा कार्यक्रमहरु के हुने हुन् ? यो कुनै कुरामा स्पष्टता नदेखाइकन नेतृत्वले जुन हठात किसिमले वहिष्कारको निर्णय ग¥यो हाम्रो यसमा चित्त बुझेन । गोलचक्करमा हामी फस्यौँ । यो बाट निस्कन सक्दैनौँ ।

कमरेड मोहन वैद्यको नेतृत्वमा हामी यो गोलचक्करबाट निस्कन सक्दैनौँ । हामीलाई स्पष्ट के लाग्यो त भन्दाखेरी उहाँको इतिहासको सम्मान गर्छौ । तर मोहन वैद्यको क्षमताबाट अब अगाडी बढ्न सम्भव छैन । अब समाजवादी क्रान्ति गर्ने भनेर हामीले भनिरहेका छौँ । त्यो समाजवादमा पुग्ने लक्ष्यका निम्ति मोहन वैद्य लगायतको नेतृत्वको क्षमता बाधक बन्न पुग्यो । त्यसकारणले गर्दाखेरी हामीले विद्रोहको आँट ग¥यौँ ।’

उहाँले नवगठित मोर्चा आगामी वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा भाग लिने बताउनुभयो । तत्काल आफूहरुको मोर्चा निर्वाचन आयोगमा दर्ता हुन नसक्ने भएकाले अन्य पार्टीको निर्वाचन चिन्हमार्फत् निर्वाचनमा जाने अध्यक्ष भण्डारीले बताउनुभयो । मोर्चाले शान्तिपूर्ण रुपमा समाजवादी क्रान्तिको कार्यक्रमलाई अगाडी बढाउने उहाँले बताउनुभयो ।

मोर्चाले १५ दिन भित्रमा राष्ट्रिय सम्मेलनको आयोजना गर्ने जनाएको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu