Connect with us
Kapilvast Forest

अछाममा जीप दुर्घटना, तीनजनाको मृत्यु

२०७६, ५ भाद्र बिहीबारमा प्रकाशित

अछाम । अछामको बान्नीगढी जयगढ गाउँपालिकामा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।

एकजनाको घटना स्थलमै र अरु दुई जनाको उपचारका क्रममा बयालपाटा अस्पतालमा मृत्यु भएको हो। दुर्घटना स्थलमा बान्नीगढी जयगढ गाउँपालिका–४ का अशोक परियारले मृत्यु भएको थियो भने उपचारका क्रममा बान्नीगढी जयगढ गाउँपालिका–४ कै काले परियार र बैतडी घर भइ हाल अछाममा सवारी चालकको काम गर्दै आएका लाल बोहराको मृत्यु भएको अछाम प्रहरीले जनाएको छ।

मुजाबगरबाट जयगढ आउँदै गरेको से १ ज ९९५ नम्बरको जिप जयगढ माझेठाना सडक खण्डअन्तर्गत सुकिबाग डिल्ली बजार नजिक बुधबार साँझ सडकबाट करिब ५ सय मिटर तल खसेको प्रहरी नायब उपरीक्षक जनकबहादुर शाहीले जानकारी दिए।

घाइते हुनेमा बान्नीगढी जयगढ गाउँपालिका–४ का तर्क तिमिल्सेना, कैलाली घोडाघोडी नगरपालिकाका सवारी चालक जँङिर चौधरी, कैलालीको धनगढी उपमहानगरपालिकाका घनश्याम चौधरी रहेका छन्। उनीहरूको बयालपाटा अस्पतालमा उपचार भइरहेको जनाइएको छ

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu