Connect with us
Kapilvast Forest

‘व्यावसायीले विद्युतीय सवारी भन्दै पेट्रोल र डिजेलबाटै चल्ने गाडी ल्याएर कर छल्न खोजे’

२०७६, १० भाद्र मंगलवारमा प्रकाशित

अर्थमन्त्री डा युवराज खतिवडाले सरकारलाई झुक्याएर कर छल्ने प्रयास नगर्न उद्योग व्यवसायीलाई चेतावनी दिनुभएको छ ।

अर्थमन्त्री मन्त्री खतिवडाले मंगलबार नाडा अटो शो २०१९ उद्घाटन गर्दै विद्युतीय सवारी साधन भनेर व्याट्रीबाट स्टाट हुने तर संचालनका लागि पेट्रोल या डिजेल नै आवश्यक पर्ने सवारी साधन ल्याएर उद्योगीले कर छल्न खोजेको बताउनुभएको हो ।विद्युतीय ऊर्जाबाट चल्ने गाडीमा मात्रै सरकारले भन्सार र अन्तशुल्क छुट दिएको स्मरण गराउँदै उहाँले उद्योगलाई इमान्दार भएर व्यवसाय गर्न आग्रह गर्नुभयो ।

‘हाईब्रिड कार र हाईब्रिड भेइकललाई कर छुट दिन्छौ भनेर भन्यौ । तपाईहरुले व्याट्रीले त स्टार्ट मात्रै हुने अनि चल्दाखेरी गाडी ल्याएर भन्सारमा राखिदिनुभयो’ उहाँ भन्नुभयो, ‘अघि एक जनाले भन्दै हुनुहुन्थ्यो नक्कली पार्टपूर्जा पनि आए भनेर । त्यो सरकारले ल्याएको होला र ? तपाईहरुले सरकारलाई छल्ने काम नगर्दिनुहोस् । सरकार इमान्दारीपूर्वक पेस हुन चाहन्छ र तपाईहरु पनि इमान्दार पूर्वक पेश हुनुहोस् ।’

मन्त्री खतिवडाले ९० प्रतिशत परम्परागत उर्जा र १० प्रतिशत विद्युत् प्रयोग हुने सवारीसाधनलाई सरकारले कुनै पनि अवस्थामा छुट नदिने उल्लेख गर्नुभयो । विद्युतीय सवारी साधनको उद्योग राख्न खोज्ने उद्योगीलाई सरकारले संरक्षण दिन तयार रहेको उहाँको भनाई छ । .नाडा अटो शो २०१९ भदौ १६ गतेसम्म चल्ने आयोजकले जनाएका छन्

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu