एमाले मोडमा बस दुर्घटना: ३ काे मृत्यु, २५ घाइते (अपडेट)
जाजरकोट । पश्चिम रुकुमको आठबिसकोट नगरपालिकाकाे राडीबाट नेपालगंजकाे लागि छुटेकाे बस सुखेतकाे हर्रेस्थित एमाले मोडमा बस दुर्घटना भएको छ ।
मंगलबार साँझ ५ बजे छुटेको भेरी गंगा यातायात व्यवसायी समितिकोे ना ४ ख ९३१७ नम्बरको बस दुर्घटना भएको हो ।बिहान ४ बजेतिर गाडीको ब्रेक फेल भएर दुर्घटना भएको जिल्ला ट्राफिक कार्यालय सुर्खेतले जनाएको छ। दुर्घटनास्थलबाट अहिलेसम्म ३ जनाको शव निकालिएको छ । मृतकको सनाखत भने भइसकेको छैन ।
घाइते २५ जनालाई कोहलपुर मेडिकल कलेजमा पठाएको प्रहरीले जनाएको छ । घाइतेको उद्धारको लागि टोली परिचालन गरिएको ट्राफिक प्रहरीले जनाएको छ । दुर्घटनामा चालक, ४ बालबलिका, ८ महिला, १३ पुरुषसहित २५ जना घाइते भएको ट्राफिक प्रहरीको भनाइ छ ।