Connect with us
Kapilvast Forest

सामाजिक सञ्जालमा आउने गलत सूचनाले पत्रकारिता क्षेत्रमा चुनौती थप्योः गभर्नर नेपाल

२०७६, १४ भाद्र शनिबारमा प्रकाशित

काठमाडौं, नेपाल राष्ट्रबैकका गभर्नर चिरञ्जीवी नेपालले सामाजिक सञ्जालमा आउने गलत सूचनाले पत्रकारिता क्षेत्रमा नै नयाँ चुनौति थपेको भन्दै संवेदनशील हुन सञ्चारक्षेत्रलाई आग्रह गरेका छन्।

नेपाल आर्थिक पत्रकार समाज सेजनको २० औ बार्षिक साधारणसभा एंव अधिवेशनलाई शनिबार सम्बोधन गर्दे गभर्नर नेपालले सामाजिक सञ्जालको व्यापकता र फेसबुकमा आउने गलत सुचनाले भ्रम श्रृजना गराउने काम भईरहेको बताएका हुन्। सामाजिक सञ्जालमा आएका सूचनालाई नै समाचार मान्ने प्रवृत्ति बढ्दै जादा सञ्चार क्षेत्रको सही भुमिका नै छाँयामा पर्ने भन्दै उनले त्यसतर्फ सबै सञ्चारकर्मी र सञ्चारगृहले सावधानी अपनाउनुपर्ने उल्लेख गरे।

उनतले समाचार लेखेकै आधारमा ज्यान जोखिममा पर्ने गरेको पनि देखिएकाले पत्रकारको जिम्मेवारी र भूमिका आफैँमा चुनौतिपुर्ण रहेको बताए। उनले समाजिक सरोकार तथा हितहुने र सरकारको नीतिमा परिर्वतन आउने खालका समाचारलाई पत्रकारले प्राथमिकता दिनुपर्ने बताए।

उनले नेपाली संचारजगत अझै पनि अत्याधुनिक सुचना प्रविधि संग प्रतिष्पर्धी बन्न नसकेको टिप्पणी गरे।

कार्यक्रममा सेजनका पुर्व अध्यक्ष प्रतिक प्रधानले आर्थिक पत्रकारिता बलियो भएर अघि बढ्नुपर्ने आवश्यकता औल्याए। कार्यपालिकाले न्यायपालिका र व्यवस्थापिलाई नियन्त्रणमा लिएको अवस्थामा जनताको हितका लागि लड्ने संस्थाको रुपमा रहेको पत्रकारको भुमिका भने अपेक्षित बलियो हुन नसकेको टिप्पणी गरे।

अधिवेशनले आगामी २ वर्षका लागि सेजनको नयाँ नेतृत्व चयन गर्ने छ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu