Connect with us
Kapilvast Forest

असोज १३ गते प्रधानमन्त्री ओलीले नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गर्ने

२०७६, १० आश्विन शुक्रबारमा प्रकाशित

काठमाडौं– असोज १३ गते प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गर्ने भएका छन् । शुक्रबार खानेपानी मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा राष्ट्रिय सभागृहमा विशेष कार्यक्रम गरेर खुला दिसा मुक्त नेपाल घोषणा गर्ने जानकारी दिइएको हो ।

२०६८ सालदेखि सरसफाइ गुरुयोजनासँगै खुला दिसामुक्त जिल्ला घोषणा थालिएको थियो । हालसम्म कुल ५६ लाख ६० हजार २ सय १४ घरधुरीमा शौचालय बनेको आँकडा छ । ७७ जिल्लालाई खुला दिसामुक्त घोषणा गरिएको मन्त्रालयले जनाएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै खानेपानी मन्त्री बिना मगरले शतप्रतिशत ट्वाइलेट प्रयोग गर्न आग्रह गरिन् । उनले ट्वाइलेटमा ताला लगाएर नराख्न आग्रह गर्दै घर, खानेपानी सरसफाइ अभियानलाइ अघि बढाउँदै लैजाने बताइन् । मन्त्री मगरले नेपालले खुला दिसा मुक्त घोषणा गरेर सफाइको क्षेत्रमा अघि बढेको बताइन् ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu