Connect with us
Kapilvast Forest

अर्थतन्त्रका सबै सूचकहरु सकारात्मक छन्, भ्रम नछरौं- अर्थमन्त्री खतिवडा

२०७६, २२ भाद्र आईतवारमा प्रकाशित

काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले मुलुकको अर्थतन्त्रलाई बदनाम गर्ने प्रयास भइरहेको उल्लेख गर्दै त्यसो नगर्न सचेत गराएका छन्।

अर्थमन्त्री खतिवडाले अर्थतन्त्रका सबै सूचकहरु सकारात्मक हुँदाहुँदै पनि सरकारविरुद्ध भ्रम छर्न खोजिएको उल्लेख गर्दै त्यसले कसैलाई पनि फाइदा नपुर्‍याउने पनि स्पष्ट पारे।

नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को १०औं वार्षिकोत्सवलाई आइतबार काठमाडौंमा उद्घाटन गर्दै उनले मुलुकको अर्थतन्त्रलाई कमजोर देखाएर आफ्नै खुट्टामा बन्चरो हान्ने काम कसैले पनि गर्न नहुने बताए।

ad
अर्थमन्त्री खतिवडाले अर्थतन्त्रका सबै परिसूचक सकारात्मक ढंगले अघि बढेको सरकारको तथ्यांक सही भएको तर त्यसलाई असत्य भनेर अन्तर्राष्ट्रिय दाताहरुलाई भ्रम छर्ने काम भइरहेकोमा आपत्ति जनाए।

अर्थमन्त्री खतिवडाले पुँजी बजारको नियमन राम्रोसँग गर्न नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्डलगायतका निकायलाई पनि निर्देशन दिए। उनले सरकारले उत्पादनमा जोड दिएर पुँजी बजारको विकासलाई उच्च प्राथमिकता दिएको दाबी गरे।

अर्थमन्त्री खतिवडाले मुलुकको आर्थिक विकासका लागि उत्पादनमा बढावा दिन सरकारले लगानीको क्षेत्रको पहिचान गरिरहेको पनि जनाए।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu