Connect with us
Kapilvast Forest

गुगलको गम्भीर त्रुटि, भिखारी खोज्दा पाकिस्तानी प्रधानमन्त्रीको तस्वीर

२०७६, २३ भाद्र सोमबारमा प्रकाशित

 

गुगल सर्च इन्जिनमा विभिन्न सामग्रीहरु खोजी गर्दा देखापर्ने नतिजाहरु कहिलेकाहीँ निकै विवादास्पद् हुने गरेका छन् ।

अहिले गुगल यस्तै एउटा नतिजाको कारण विवादमा परेको छ । गुगल सर्च इन्जिनमा भिखारी Bhikhari शव्द टाइप गरी तस्वीर सर्च गर्दा पाकिस्तानी प्रधानमन्त्री इमरान खानका तस्वीरहरु देखिने गरेका छन् ।

गुगलको पाकिस्तान, भारत तथा अमेरिकालगायतका डोमेनहरुमा यस्तो देखिने गरेको छ । गुगलमा भिखारी खोज्दा पाकिस्तानी प्रधानमन्त्रीको तस्वीर कहिलेदेखि देखा पर्न थालेको भन्ने प्रष्ट नभए पनि पहिलोपटक सन् २०१८ को डिसेम्बरमा यस्तो देखिएको बताइएको छ ।

स्मरणरहोस् केही महिनाअघि गुगलमा ट्वाइलेट पेपर सर्च गर्दा पाकिस्तानी झण्डाको तस्वीर देखा परेपछि त्यसले विवाद सिर्जना गरेको थियो ।

त्यस्तै इडियट शव्द खोजी गर्दा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको तस्वीर देखिने गरेको छ । यसबारेमा गुगलले अमेरिकी संसदमै स्पष्टीकरण दिनु परेको थियो ।
एजेन्सीको सहयोगमा

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu