Connect with us
Kapilvast Forest

बिरामी बोकेको जिप अरुण नदीमा खस्यो, ६ जना बेपत्ता

२०७६, १ आश्विन बुधबारमा प्रकाशित

संखुवासभा । संखुवासभाको अरूण नदीमा बोलेरो खस्दा ६ जना बेपत्ता भएका छन्।

सदरमुकाम खाँदबारीबाट बिरामी लिएर धरानतर्फ आउँदै गरेको को १ ज ३७४९ नम्बरको बोलेरो गएराति साढे १० बजे धर्मदेवी नगरपालिका-८ स्थित अक्करको भिरबाट अरुण नदीमा खसेको हो।

चालक सन्तोष विक,  खाँदबारी–९ का संगम श्रेष्ठ, उनकी पत्नी सदीक्षा श्रेष्ठ, श्रेष्ठद्वयका दुई महिने छोरा समिर श्रेष्ठ, प्रमेश थापा मगर र उनकी भाउजु कल्पना थापा मगर बेपत्ता भएका हुन्।

बोलेरो सबार सबै ६ जना बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रमुख डिएसपी मीमबहादुर लामाले जानकारी दिए।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu