Connect with us
Kapilvast Forest

आजदेखि सरकारी कार्यालय ४ बजेसम्म मात्र खुला

२०८३, १७ कार्तिक सोमबारमा प्रकाशित

काठमाडौं । आजदेखि तीन महिनासम्म सरकारी कार्यालय दिउँसो ४ बजेसम्म खुला रहने छ ।

सरकारको निर्णयअनुसार कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म सरकारी कार्यालयहरू बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म मात्रै सञ्चालन हुनेछन्।

हिउँदमा ५ बज्दा झमक्कै साँझ पर्ने भएकाले कार्यालय समय एक घन्टा कम गर्ने गरिएको छ ।

नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म सरकारी कार्यालय साताको ५ दिन बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म मात्रै सञ्चालन हुने छ।