Connect with us
Kapilvast Forest

सभापति देउवाको दुखेसो : योद्धाहरुको उचित सम्मान गर्न सकिएन

२०७६, ९ आश्विन बिहीबारमा प्रकाशित

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रजातन्त्रप्राप्तीका लागि योगदान गरेका योद्धाहरुको उचित सम्मान गर्न नसकिएको स्वीकार गरेका छन् ।

नेपाली कांग्रेसका नेता एंव पूर्वमन्त्री स्वर्गीय मार्शल जुलुम शाक्यको ८० औं जन्मजयन्ती एवं प्रतिमा अनावरण कार्यक्रममा सभापति देउवाले प्रजातन्त्र ल्याउन योगदान गरेका अमूल्य निधिहरु कै उचित कदर हुननसक्नु दुःखद भएको टिप्पणी गरे ।

उनले जनताको अधिकार र प्रजातन्त्र प्राप्तीको लागि गरेको अतुलनीय योगदान व्यक्तिहरुको योगदानको बारे युवापुस्तालाई अवगत गराउने गरी आफुले छिट्टै विशेष योजना ल्याउने जानकारी दिए ।

सभापति देउवाले पूर्वमन्त्री शाक्यको प्रजातन्त्र प्राप्तीको लागि गरेको योगदान विशिष्ट रहेको बताए ।कार्यक्रममा कांग्रेस नेता ध्यानगोविन्द रञ्जितले स्वर्गीय शाक्यजस्ता अथक योद्धाहरुको नेतृत्व वर्गले उचित मुल्याङ्कन गर्न नसकेको गुनासो गरे ।

ओम बहालको मिमनमी बहालस्थित स्वर्गीय शाक्यको निवासमा प्रतिमा स्थापना गरिएको हो ।शाक्य निवाशको सोही घरमा भूमिगत समयमा नेपाली कांग्रेसका शीर्ष नेताहरुसहित राजनीतिज्ञहरुले राजनीतिक रणनीति बनाउने गरेका थिए ।

२०४७ सालको अन्तरिम मन्त्रिपरिषद्मा शाक्य वाणिज्य तथा आपूर्तिमन्त्री थिए ।तत्कालिन राजा स्वर्गीय महेन्द्रले २०१७ सालमा प्रजातन्त्रमाथी ‘कु’ गरेपछि स्वर्गीय शाक्यले राजाको बिरुद्ध आन्दोलनमा देखाएको साहस, निडर र नेतृत्वको प्रशंशा हुने गरेको छ ।

खास नाम जुलुमकाजी शाक्य भएपनि उनले भूमिगत कालमा मार्शल जुलुम शाक्यको नामबाट प्रजातन्त्र प्राप्ती लागि भएको आन्दोलनमा सक्रिय रहेका थिए ।२०४६ सालको जनआन्दोलनपछि नेपालको राजनीतिमा शाक्य मार्शल जुलुम शाक्यकै नामबाट परिचत छन् ।

शाक्यको जन्म बि.स.१९९६ मा जन्म भएको थियो भने बि.स.२०७४ सालमा ७८ सालको उमेरमा निधन भएको थियो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu