Connect with us
Kapilvast Forest

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार : कुराकानी गर्न सुरु

२०७६, १२ मंसिर बिहीबारमा प्रकाशित

kp oli

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा निरन्तर सुधार भइरहेको त्रिवि शिक्षण अस्पताल, मनमोहन कार्डियोथेरासिक भास्कुलर एण्ड ट्रान्स प्लान्ट सेन्टरले जनाएको छ।

प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाका बारेमा आज बिहान सेन्टरले जारी गरेको विज्ञप्तिमा उनको स्वास्थ्यमा निरन्तर सुधार भइरहेको जनाइएको छ। सेन्टरका कार्यकारी निर्देशक प्रा‍.डा. उत्तमकृष्ण श्रेष्ठले विज्ञप्तिमा उलेलेख गरेअनुसार प्रधानमन्त्री अहिले राम्रोसँग कुराकानी गर्नसक्ने अवस्थामा छन्।

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या आएपछि मङ्गलबार बिहान  अस्पताल पुगेका थिए। परीक्षणका क्रममा एपेन्डिसाइटिस देखिएपछि विशेषज्ञ चिकित्सकद्वारा म‌गलबार नै अप्रेसन गरिएको थियो। अप्रेसनपश्चात् सघन उपचार कक्ष (आइसीयू)को सम्पूर्ण व्यवस्थासहित निरन्तर निगरानीमा हुनुहुन्छ।

एपेण्डिसिइटिसको अप्रेसनको १२ घण्टा नाघेपछि पानी, कालो चिया सहितका तरल खानेकुरा खुवाउन सुरु गरिन्छ। त्यसपछि विस्तारै अर्थतर खानेकुरा खुवाइर बानि पार्ने गरिन्छ।

तर, प्रधानमन्त्रीको पेटमा एपेण्डिसाइटिस् मात्र नभएर अन्य संक्रमण पनि भएकाले ल्याप्रोस्कोपी गर्न नमिलेपछि चिरेरै प्रधानमन्त्रीको अप्रेसन गरिएको थियो। त्यही कारण प्रधानमन्त्रीलाई मुखबाट खाना खुवाएको नखुवाएको बारे खुलाइएको छैन।

यसबारे प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापासँग जिज्ञासा राख्दा खाना खुवाएइको नखुवाएको भन्न आवश्यक नभएको बताए।

‘प्रधानमन्त्रीलाई आइसियूमा गर्न मिल्ने सबै गरेर उपचार गरिदैछ,’ थापाले भने, ‘के खुवाइयो के खुवाइएन भन्न आवश्यक छैन।’

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu