ताप्लेजुङका आगलागी पीडितलाई सक्दो सहयोग गर्छु: योगेश भट्टराई
काठमाडौं- नेकपा प्रचण्ड(माधव समूहका स्थायी कमिटी सदस्य योगेश भट्टराईले ताप्लेजुङको दोभान बजारमा भएको आगलागीबाट भएको भौतिक क्षतिप्रति दुःख व्यक्त गर्नु भएको छ ।
मंगलबार विज्ञप्ति जारी गर्दै ताप्लेजुङबाट निर्वाचित प्रतिनिधिसभा सदस्यसमेत रहेका भट्टराईले मेरिङदेन गाउँपालिका-३ दोभान बजारमा भएको आगलागीबाट ठूलो भौतिक क्षति भएकोप्रति दुःख व्यक्त गर्नु भएको छ । उहाँले आगलागी पीडितहरुलाई तत्काल राहत उपलब्ध गराउन र दीर्घकालीन पुनस्र्थापनाका लागि सहयोग उपलब्ध गराउन सरकारसँग मागसमेत गर्नु भएको छ ।
पीडितहरुलाई राहत तथा पुनस्र्थापनाका लागि आफ्नो तर्फबाट पनि सक्दो पहल गर्ने भट्टराईले प्रतिवद्धता जनाउनु भएको छ ।
जुङको मेरिङदेन गाउँपालिका–३ मा मंगलबार भएको आगलागीबाट ४९ वटा घर जलेर नष्ट भएका छन् ।