बिहान खाली पेटमा मनतातो पानी पिउनुस्, तपाईलाई स्वस्थ र सुन्दर राख्न सहयोग पुर्याउछ
ऐजेन्सी – प्रायः मानिसहरु दिनको सुरुवात चियाबाट गर्छन् तर बिहान खाली पेटमा मनतातो पानी पिउनु लाभदायी हुने देखिन्छ । पानीले हाम्रो तिर्खा मात्रै मेटाउदैन यसले सम्भावित कयौ रोगबाट पनि हामीलाई बचाउँछ ।
पानीले विषाक्त पदार्थ पसिना र शरीरमा भएका फोहोर पिसाबका रुपमा बाहिर निकाल्न सहयोग गर्दछ । यसले तपाईलाई स्वस्थ मात्रै हैन सुन्दर राख्न पनि सहयोग गर्ने देखिन्छ । हेरौँ बिहान खाली पेटमा मनतातो पानी पिउनुको फाइदाहरु यस्ता छन्
बिहानी खाली पेटमा मनतातो पानी पिउनाले हाम्रो पाचन प्रणालीलाई मजबुत बनाउँनुका साथै हाम्रो शरीरमा स्फूर्ति ल्याउँछ ।बिहान खाली पेटमा मनतातो पानी पिउनाले कब्जियतबाट छुटकारा मिल्छ । पर्याप्त पानी पिउनाले जोर्नीको दुखाई पनि कम हुन्छ र हड्डी मजबुत बनाउन सहयोग गर्दछ ।
नियमित मनतातो पानी पिनाले पेटको विकार बाहिर आउने हुनाले पेटमा संक्रमण र ग्याष्टिकको जोखिम कम हुन्छ ।
नियमित मनतातो पानी पिउनाले शरीरको फ्याट घट्न गई शरीरको वजन घटाउन समेत सहयोग मिल्दछ ।
भोग नलाग्ने वा ग्याष्टिकको समस्या भएमा कागतीको रस, मरिच र नुन हालेर मनतातो पानी पिउनाले लाभ मिल्नेछ ।
नियमित मनतातो पानी पिउनाले शरीरमा रक्तसंचार सन्तुलित र नियमित हुन्छ ।
रुघाखोकी लागेको बेला पर्याप्त मात्रामा मनतातो वा तातो पानी पिउनाले राहत मिल्नेछ ।
बिहान नियमित रुपमा मनतातो पानी पिउनाले छालामा चाउरीपना, दाग, डन्डीफोर र चाया, दागधब्बा हटाउन समेत सहयोग गर्दछ ।
यदि तपाइँलाई निकै थकाइ लाग्ने समस्या छ भने बिहान मनतातो पानी पिउने गर्नाले तपाईलाई स्फूर्त राख्दछ । यसले मांशपेशीलाई तन्दुरुस्त बनाउन यसले सहयोग गर्दछ ।
बिहान मनतातो पानी पिउनाले टाउको दुख्ने समस्याबाट छुटकारा पाउन मद्दत मिल्नुका साथै यसले श्वासको दुर्गन्ध र अन्य व्याक्टेरियाको संक्रमण हुनबाट बचाउँछ ।
दमको रोगीले खाना खाएको आधा घन्टापछि मनतातो पानी पिउँदा आराम मिल्छ ।
मनतातो पानी पिउँदा रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्छ, चिसो खोकी जस्ता संक्रमणबाट बचाउछ ।
मनतातो पानीले कपालको जरा बलियो र मझबुत बनाउँछ, कपाल सुन्दर र लामो बनाउँछ ।