Connect with us
Kapilvast Forest

तयारी नपुगेको भन्दै एमाले सचिवालय बैठक स्थगित

२०७७, २५ फाल्गुन मंगलवारमा प्रकाशित

काठमाडौं – आज बस्ने भनिएको नेकपा एमालेको सचिवालय बैठक स्थगित भएको छ ।तयारी नपुगेकाले बैठक स्थगित गरिएको एमाले महासचिव ईश्वर पोखरेलको सचिवालयले जनाएको छ ।

वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाललगायतका नेताहरु एमालेमै फर्किने निर्णय गर्नुअघि नै महासचिव पोखरेलले आजका लागि सचिवालय बैठक बोलाउनुभएको थियो ।

नेपाल, खनालसहितका नेताहरु एमालेमै फर्किने निर्णयमा पुगेपछि थप तयारीका लागि भन्दै बैठक स्थगित गरिएको हो ।यो समितिमा ईश्वर पोखरेलको नेतृत्वमा दुई उपमहासचिव, पाँच सचिव र कार्यालय सचिव रहेका छन् ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu