दुई दिने भ्रमणका लागि भारतीय प्रधानमन्त्री मोदी बंगलादेशमा
एजेन्सी-भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने भ्रमणका लागि बंगलादेश पुग्नुभएको छ। उहाँ बंगलादेशको ५०औं स्वतन्त्रता दिवसको अवसरमा आयोजित कार्यमक्रममा सहभागी हुन शुक्रबार त्यहाँ पुग्नस भएको हो ।
मोदीलाई बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले ढाकास्थित हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नु भएकोे थियो । विमानस्थलमा नै मोदीलाई गार्ड अफ अनर पनि प्रदान गरिएको थियो।
मोदी कोरोना महामारीपछि पहिलोपटक विदेश भ्रमणमा निस्किनुभएको हो । दुई दिने भ्रमणको क्रममा मोदीले बंगलादेशसँग स्वास्थ्य, रेल, सीमा पूर्वाधार विकास र स्टार्ट अपलगायतका विषयमा सम्झौता हुन सक्ने भारतीय सञ्चारमाध्यमहरुले बताएका छन्।