Connect with us
Kapilvast Forest

राष्ट्रिय अनुसन्धान विभागमा खुल्यो सय जनाभन्दा बढीलाई जागिर

२०७७, १३ चैत्र शुक्रबारमा प्रकाशित

mantralayaa

काठमाडौं-प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयअन्तर्गत रहेको राष्ट्रिय अनुसन्धान विभागले एक सय जनाभन्दा बढी कर्मचारी माग गरेको छ।विभागले शुक्रबार सूचना निकालेर अनुसन्धान अधिकृत, अनुसन्धान सहायक र सहायक सूचक पदमा जागिर खुलाएको छ।

अनुसन्धान अधिकृत २१ जना माग भएको छ।अनुसन्धान सहायक ३२ जना र सहायक सूचक ५१ जना माग भएको हो।अनुसन्धान अधिकृत हुन कम्तिमा स्नातक तह उत्तिर्ण गरेको हुनुपर्छ भने उमेर २१ वर्ष पूरा भई २५ वर्ष ननाघेको हुनुपर्छ।

साथै अनुसन्धान सहायक हुन कम्तिमा प्लस टु वा सो सरह पास गरेको र १८ वर्ष पूरा भई २५ वर्ष ननाघेको हुनुपर्ने आजको गोरखापत्रमा जारी सूचनामा उल्लेख छ।

सहायक सूचक पदमा भने एसएलसी वा एसईई पास गरेको हुनुपर्छ। १८ वर्ष पूरा भई २५ वर्ष ननाघेकोले यस पदमा दरखास्त दिन सक्नेछन्।विभागको वेवसाइट www.nidept.gov.npdflogin बाट पनि फारम भर्न सकिन्छ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu