Connect with us
Kapilvast Forest

म्यानमारको सैन्य दमन अमानवीय र निन्दनीय : कांग्रेस

२०७७, १५ चैत्र आईतवारमा प्रकाशित

काठमाडौँ — म्यानमारमा केही दिनयता सैनिक सरकारद्वारा नागरिक प्रदर्शनमा भएको दमन अत्यन्तै अमानवीय र निन्दनीय भएको कांग्रेसले बताएको छ।

जनतामाथिको दमन तत्काल रोकेर निर्वाचित सरकार बहाल गर्न, लोकतन्त्रवादी नेतृ आङ साङ सुकी लगायत सबैलाई रिहाइ गर्न र लोकतन्त्र पुनःस्थापित गर्न म्यानमारको सैनिक सत्तामाथि विश्वव्यापी रूपमा तीव्र दबाब बढाउन आवश्यक देखिएको कांग्रेसको निष्कर्ष छ ।

विश्वभर जहाँपनि हुने लोकतान्त्रिक आन्दोलनप्रति समर्थन र एक्यबद्धता जनाउने नीति कांग्रेसले लिँदै आएको र म्यानमारको पछिल्लो कु लगत्तै विरोध प्रकट गरेर त्यहाँ भइरहेका घटनाक्रमलाई निरन्तर नियालीरहेको कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले एक विज्ञप्तिमार्फत जनाएका छन् । सैनिक सत्ताले मच्चाएको रक्तपात रोक्न म्यानमारका जनताको पक्षमा विश्वभरबाट आवाज उठ्न आवश्यक भएको उनले जनाएका छन् ।

 

दमनकाविरुद्ध लोकतन्त्रका पक्षमा फेरि पनि आफ्नो अभिमत प्रकट गर्दै म्यानमारका जनताका पक्षमा प्रष्ट रूपमा उभिएर आवश्यक अन्तर्राष्ट्रिय पहलकदमि गरिनुपर्ने आवश्यकता र अभियानका पक्षमा एक्यबद्ध हुन कांग्रेसले सबै दल, संघसंस्था र सरकार समेतलाई अपील गरेको छ ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu