Connect with us
Kapilvast Forest

बामपन्थी नेता मानन्धरको ९१ वर्षको निधन

२०७७, १७ चैत्र मंगलवारमा प्रकाशित

काठमाडौं- बामपन्थी नेता बिष्णुबहादुर मानन्धरको ९१ वर्षको उमेरमा पाटन हस्पिटलमा सोमबार साँझ निधन भएको छ ।

स्वासप्रश्वासमा समस्या देखिएपछि १५ दिनअघि अस्पताल भर्ना गरिएका मानन्धरलाई आइतबारबाट भ्यान्टिलेटरमा राखेर उपचार थालिएको थियो । छोरा सुनिल मानन्धरका अनुसार, उपचारका क्रममा साँझ ८:२० बजे अस्पतालमा मानन्धरको निधन भएको हो ।

मङ्गलबार विहान ८ बजेदेखि ११ बजेसम्म पशुपति आर्यघाटमा स्वर्गीय मानन्धरको शव अन्तिम श्रद्धाञ्जलिका लागि राखिने छ ।

विक्रम सम्वत् १९८७ साल पुस ३ गते जन्मेका मानन्धर बारा, पर्सा, रौतहट क्षेत्रमा लोकप्रिय किसान नेताको रुपमा परिचित थिए ।

सादगी र इमान्दार कम्युनिस्ट नेताका रुपमा स्थापित मानन्धरले १२ वर्षअघि सक्रिय राजनीतिबाट अवकाश लिएका थिए ।

मानन्धरले राज्यका कुनै पनि सुविधा र सहुलियत नलिने घोषणा समेत गरेका थिए । उनले ज्येष्ठ नागरिक भत्तासमेत नलिएको परिवारले जनाएको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu