Connect with us
Kapilvast Forest

सतभरामा रहेको समय माता मन्दिरमा नवमीका दिन भण्डारा तथा प्रसाद वितरण हुने

२०७८, ५ बैशाख आईतवारमा प्रकाशित

कृष्णनगर-कपिलवस्तुको महराजगंज नगरपालिका वड़ा नं.७ समयमातापुरम सतभरामा अवस्थित श्री समय माता मन्दिरमा विश्व कल्याणका लागि सतचण्डी महायज्ञ चलि रहेको छ। बैशाख ८ गते बुधवार नवमीको दिन भण्डारा तथा प्रसाद वितरण कार्यक्रम रहेको आयोजक समितीले जनाएको छ। समयमातापुरम सतभरामा दुर्गा मन्दिर हनुमान मन्दिर भैरव मन्दिर शनि मन्दिर तथा देवी सागर कुण्ड समेत रहेको छ।

समय माता मन्दिरको स्थापना ४० वर्ष अघि भएको मान्निछ त्यो समयमा सानो आकारमा मन्दिर रहेको र स्थानीय बासिन्दाहरु पुजापाठ गर्न आउने गर्दथे।विस्तारै मन्दिरमा श्राद्धालुहरुको भिड़ हुन थाले पछि माधव बेल्वासे र पृतदेव उच्चडिह निवासीले भौतिक संरचना बनाउन केही हद सम्म पहल गरेका थिए।

श्राद्धलुहरुको भिड़ भाड़ रहने उक्त मन्दिरमा आस्थाको केन्द्र स्थानियले मान्दै आएका र केही दिन पहिला समय माता मन्दिर क्षेत्रका स्थानिए बासिन्दा पूर्व मंत्री ईश्वर दयाल मिश्रा (विरेन्द्र मिश्रा) लाई मन्दिर विस्तार गर्न सपना आएको कुरा उहाले आफै भन्नुभयो र स्थानिए अनुसार मिश्र मंत्री हुदा समेत सो स्थानकों प्रचार प्रसार लगायत त्यस स्थानमा मन्दिर निर्माण देखि लिएर हाल सम्म समेत विस्तार गर्दै आएका र उक्त मन्दिरको नाममा १ बिग्घा जग्गा समेत दिलाउन सफल भएको कुरा स्थानिएले बताउदै छन।

पुर्व मंत्रीको आग्रहमा देवेन्द्र कुमार चौधरी(पप्पू चौधरी)ले हनुमान मुर्ति,दिपक रजवारिया काल भैरव मुर्ति, पूर्व चेयरमैन रामनरेश उपाध्यय शनिदेव मुर्ति समेत उक्त मन्दिरमा दान गरेका छन। समय माता मन्दिर क्षेत्रमा रहेका देवी सागर कुण्ड लाई व्यवस्थित गरेर आसपास मा रहेको जग्गा जमिन सिंचित गर्ने विचार रहेको पूर्व मंत्री मिश्राले बताउनु भयो।

मन्दिर छोटों समयमा भव्य मन्दिरमा विस्तार भएको र पुजापाठ गर्नेको भिडभाड बढदै र आस्थाको केन्द्रको रुपमा विकसित हुदै गएको उक्त क्षेत्रका जनता खुशी व्यक्त गरेका छन। बिश्व शान्ति तथा विश्वमा फैलिएको कोभिड१९ बाट चाडै विश्वका जनता उन्मुक्ति पाउन भन्ने उद्देश्यका साथ ९ दिवसीय सतचण्डी महायज्ञ चलिए रहेको र उक्त महायज्ञमा सबै समावेश हुन तथा यही वैशाख ८ गते नवमीका दिन भण्डारा मा प्रसाद ग्रहण गर्न आउनु हुन सम्पूर्ण श्रद्धालु हरूमा आयोजक समितीले आग्रह गरेको छ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu