Connect with us
Kapilvast Forest

२७ सयभन्दा तल झर्‍यो नेप्से परिसूचक

२०७८, ५ बैशाख आईतवारमा प्रकाशित

काठमाडौं- साताको पहिलो दिन आइतबार सेयर बजारमा ‘करेक्सन’ देखिएको छ । केही दिन लगातार बढेको बजारमा करिब ३६ अंकको करेक्सन हुँदा परिसूचक पुनः २७ सयभन्दा तल झरेको छ ।

यस अघि गत बिहीबार नेप्से परिसूचक हालसम्मै उच्च विन्दुमा पुगेर नयाँ रेकर्ड राखेको थियो । आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक ३५ दशमलव ८९ अंकले करेक्सन भएर २ हजार ६ सय ९९ दशमलव ५१ अंकमा झरेको छ । उता ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ६ दशमलव २९ अंकले घटेको छ ।

 

कारोबार रकम ८ अर्ब ८० करोड भन्दा धेरै भएको छ । नेप्सेमा कारोबार हुने म्युचुअल फण्ड बाहेकका सबै समूहका सबइन्डेक्सहरु घटेका छन् । कारोबार सेयर संख्याका आधारमा पहिलो नम्बरमा एभरेष्ट बैंक देखिएको छ । ८ सय ११ रुपैयाँ प्रतिकित्ता सेयर मूल्य रहेको एभरेष्टको १० लाख ८६ हजार ५ सय कित्ता सेयर किनबेच भएको छ । ब्रोकर नम्बर ५८ बाट एभरेष्टको धेरै कारोबार भएको देखिएको छ ।

यसैगरी कामना सेवा विकास बैंक, नेपाल क्रेडिट एण्ड कमर्श बैंक तथा नेपाल इन्फ्रास्ट्रक्चर बैंक, गरिमा विकास बैंक, कुमारी बैंक तथा ग्लोबल आइएमई बैंक पनि कारोबार सेयर संख्याका आधारमा अगाडि देखिएका छन् ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu