कोलकत्तामाथि राजस्थानको जित
एजेन्सी- इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा राजस्थान रोयल्सले कोलकाता नाइड राइडर्सलाई ६ विकेटले पराजित गरेको छ ।
गएराती भएको खेलमा कोलकाताले राजस्थानलाई जितका लागि १३४ रनको लक्ष्य दिएको थियो ।
जबाफी ब्याटिङमा उत्रिएको राजस्थानले ४ विकेट गुमाउँदै उक्त लक्ष्य पूरा गर्यो ।
राजस्थानको जितमा सन्जु सामसनले अविजित ४२ रनको ईनिङ्स खेले । डेभिड मिल्नर २४ रनमा अविजित रहदाँ एसहस्वी जयसवाल र सिभम दुबेले समान २२ रन बनाए । ओपनर जोस बटलर ५ रनमा आउट भएको खेलमा राहुल तिवाती ५ रनमा पोविलियन फर्किए ।
कोलकत्ताका वरुण चक्रवत्तीले सर्वाधिक २ तथा शिवम माभी र प्रशिद्ध कृष्णले समान एक एक विकेट लिए ।
जितसँगै राजस्थान २ खेलबाट ४ अंक जोड्दै छैटौं स्थानमा उक्लिएको छ । अंक तालिकाको पुछारमा रहेको कोलकाताको २ अंक छ