Connect with us
Kapilvast Forest

बाणगंगामा भोलीदेखि अत्यावश्यक बाहेक अन्य पसल व्यवसाय बन्द हुने

२०७८, १९ बैशाख आईतवारमा प्रकाशित

कपिलवस्तु-कपिलवस्तु उद्योग बाणिज्य सघंले भोलीबाट एक हप्ताका लागी सबै पसलहरु बन्द गर्ने निर्णय गरेको छ ।सघंको आज बसेको आकस्मिक सचिवालय समितिको बैठकले बाणगंगा नगरपालिका भित्रका सबै ब्यवसायीक पसलहरु एक हप्तासम्म बन्द गर्ने निर्णय गरेको सघंका महासचिव मनोज पौडेलले बताउनुभयो ।

कोरोना महामारी भयावह अवस्थामा पुगेको भन्दै आफना पसलहरु बन्द गरी स्वास्थ्य मापदण्ड अपनाएर घरमै सुरक्षित बस्न सघंले आग्रह गरेको छ ।

साथै बैठकले कोरोनाको महामारीको चपेटामा तथा संक्रमितको समस्या समाधानमा सहजीकरण गर्न सघंका अध्यक्ष डोलकराम घिमिरे, बरिष्ठ उपाध्यक्ष छविरेश्मी मगर र महासचिव मनोज पौडेलको समन्वयमा रहन ब्यवसायीहरुलाई आग्रह गरेको छ ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu