Connect with us
Kapilvast Forest

बालबालिकालाई पनि कोरोना भ्याक्सिन लगाउँदै अमेरिका

२०७८, २२ बैशाख बुधबारमा प्रकाशित

vaction

काठमाडौं– अमेरिकी राष्ट्रपति जो बाइडेनले अब बालबालिकालाई कोरोना भाइरसविरुद्धको भ्याक्सिन दिने बताउनु भएको छ ।अबको लक्ष्य बालबालिका भएको बताउँदै उहाँले अमेरिकामा १२ वर्षदेखि १५ वर्ष उमेर समूहका लागि खोप लगाइने दिइने बताउनु भएको हो।

बालबालिकालाई फाइजर–बायोएनटेक भ्याक्सिन प्रयोग गर्ने उनले बताएका छन् । आगामी साताको अन्त्यबाट बालबालिकामा पनि खोप लगाउन शुरु गरिने उहाँको भनाइ छ।

पछिल्लो अध्ययन अनुसार अमेरिकाका कुल संक्रमितमा २२ प्रतिशत बालबालिकामा संक्रमण भएको छ ।अमेरिकामा अहिलेसम्म आधा जनसंख्याले कोरोना भ्याक्सिनको पहिलो डोज लिइसकेको सरकारी तथ्यांक छ। आगामी ४ जुलाईसम्म ७० प्रतिशत अमेरिकालाई भ्याक्सिन दिइने राष्ट्रपति बाइडेनले बताउनु भएको छ ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu