गण्डकीका मुख्यमन्त्री गुरुङको एन्टिजेन रिपोर्ट पोजिटिभ
पर्वत -गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको एन्टिजेन रिपोर्ट पोजिटिभ आएको छ।मुख्यमन्त्री गुरुङलाई सामान्य ज्वरोसहित टाउको दुख्ने समस्या देखिएपछि मंगलबार एन्टिजेन्ट परीक्षण गरिएको थियो। उक्त परीक्षणमा पोजिटिम रिपोर्ट आएको हो।
पिसिआर परीक्षणको लागि समेत मंगलबार नै स्वाब दिनुभएको छ । त्यसको पनि नतिजा बुधवार पोजिटिभ आएको स्रोतले बताएको छ।
मुख्यमन्त्री गुरुङका प्रेस संयोजक विक्रम न्यौपानेलाई कोरोना पुष्टि भएको छ। उनी तीन दिनदेखि होम आइसोलेसनमा छन्। न्यौपानेमा संक्रमण देखिएपछि मुख्यमन्त्री गुरुङ कनट्र्याक्ट ट्रेसिङमा पर्नु भएको थियो ।
मुख्यमन्त्री गुरुङ मंगलवार सर्वदलीय बैठकमा पनि सहभागी हुनुभएको थियो । उहाँले कोरोना बढिरहेको भन्दै जेठको पहिलो साता मात्र कार्य व्यवस्थाको बैठक राखेर संसद् डाकिनुपर्ने बताउनुभएको थियो ।