Connect with us
Kapilvast Forest

किबोर्ड खराब भए कसरी माउसबाटै टाइप गर्ने जान्नुहोस

२०७८, २६ बैशाख आईतवारमा प्रकाशित

काठमाडौ-लकडाउनको कारण अहिले दैनिकरुपमा नै ल्यापटपको प्रयोग भईरहेको छ । कहिलेकाँही यस्तो हुन्छ कि हाम्रो कम्प्युटर वा ल्यापटपको कीबोर्ड महत्वपूर्ण काम गर्दा क्षतिग्रस्त हुन्छ, जसको कारण हामीले समस्याको सामना गर्नुपर्दछ ।

तर यो समस्या अन-स्क्रीन कीबोर्डमार्फत हटाउन सकिन्छ। यो मात्र होईन, केहि एक्सटेन्सनको मद्दतले, तपाईं टाइप गर्न र बोल्न पनि सक्नुहुनेछ।

कसरी स्क्रिन कीबोर्ड खोल्ने

अन-स्क्रिन कीबोर्ड खोल्न, पहिले स्टार्ट मेनूमा जानुहोस्।
यहाँ तपाईँले सेटिंग्सको विकल्प देख्नुहुनेछ, यसमा क्लिक गर्नुहोस्।
अब तपाईको स्क्रीनमामा धेरै विकल्प देख्नुहुनेछ, यसम्धये इज अफ एक्सेसमा क्लिक गर्नुहोस्।
यहाँ तपाईं स्क्रिन किबोर्ड विकल्प देख्नुहुनेछ, यसमा क्लिक गर्नुहोस् ।
यति गरेसँगै तपाईँले स्क्रीनमा भर्चुअल कीबोर्ड देख्नुहुनेछ ।
माउसको सहयोगले तपाई त्यो किबोर्डमा क्लिक गरेर टाइप गर्न सक्नुहुनेछ। तपाईं बोलेर पनि टाइप गर्न सक्नुहुन्छ ।
यदि तपाईंँ माउसको साथ टाइप गर्न सक्षम हुनुहुन्न भने तपाईंँले बोलेर पनि टाइप गर्न सक्नुहुनेछ। यसको लागि तपाईले गुगल क्रोम ब्राउजरमा VoiceNote II – Speech to text डाउनलोड गर्नुपर्नेछ र यसमार्फत तपाईं बोल्दै टाइप गर्न पनि सक्षम हुनुहुनेछ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu