Connect with us
Kapilvast Forest

लुम्बिनीका स्थानीय तहले आफै बनाउदैछन आइसोलेशन, कपिलवस्तुमा ७ आइसोलेशन सञ्चालन

२०७८, २६ बैशाख आईतवारमा प्रकाशित

रुपन्देही- कोरोना भाइरस सङ्क्रमण नियन्त्रण तथा सङ्क्रमितको उपचार प्रभावकारी बनाउन लुम्बिनी प्रदेशका स्थानीय तहले आइसोलेशन निर्माणको कामलाई तीव्र बनाएका छन् ।

प्रदेशका अस्पतालमा अक्सिजन अभावका कारण कोरोना भाइरस सङ्क्रमित बिरामीको उपचारमा समस्या हुन थालेपछि स्थानीय तहले आ–आफ्ना पालिकामा अक्सिजन सिलिन्डरसहित आइसोलेशन निर्माण गरेका छन् । प्रदेशमा अहिलेसम्म नौ जिल्लाका पालिकाले ६० आइसोलेशन सेन्टर तयार गरेका छन् । ती आइसोलेशनमा एक हजार ८३ श्यया राखिएका छन् ।

अस्पतालबाहेक रुपन्देहीमा १३, कपिलवस्तुमा सात, दाङमा आठ, बाँकेमा १४, गुल्मीमा चार, अर्घाखाँचीमा पाँच र प्यूठानमा आठ तथा रुकुम पूर्वमा एक आइसोलेशन सेन्टर सञ्चालनमा छन् । बाँकी जिल्लामा पनि आइसोलेशन निर्माणको तयारी गरिएको छ ।

प्रदेशको स्वास्थ्य आठ जिल्लाका स्थानीय तहका आइसोलेशन सेन्टरमा मात्रै ३४२ सङ्क्रमितको उपचार भइरहेको छ । यीबाहेक प्रदेशमा चार विशेष कोरोना आइसोलेशन अस्पतालसहित १२ आइसोलेशन अस्पताल छन् । प्रदेशमा होम आइसोलेशनमा १४ हजार ४३६ कोरोना सङ्क्रमित छन् ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu