गण्डकी प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान
काठमाडौं -मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले राजीनामा दिएपछि गण्डकी प्रदेश प्रमुख सीता पौडेलले नयाँ सरकार गठनका लागि आह्वान गनुृ भएको छ ।
आइतबार मुख्यमन्त्री गुरुङले पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख पौडेलले नेपालको संविधानको धारा १६८ को २ अनुसार नयाँ सरकार गठनका लागि प्रदेशसभाका दलहरुलाई आह्वान गर्नुृ भएको हो ।
गण्डकी प्रदेशमा कुनै दलको एकल बहुमत नभएकाले प्रदेश प्रमुखले दुई वा दुई भन्दा बढी दलको सहभागितामा बहुमतको सरकार बनाउन आह्वान गर्नु भएको हो