प्रधानमन्त्री ओलिद्वारा मन्त्रिपरिषद बैठक आवहान
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार साँझ ५ बजे मन्त्रिपरिषद बैठक बोलाउनुभएको छ । विश्वासको मत लिन संसद अधिवेशन आह्वान भएकै दिन उहाँले मन्त्रपरिषद बैठक बोलाएका एक मन्त्रीले जानकारी दिनुभयो ।
नेकपा एमालेको माधवकुमार नेपाल पक्षले सोमबार संसद बैठकमा अनुपस्थित हुने निर्णय गरिसकेकाले प्रधानमन्त्रीले विश्वासको मत नपाउने निश्चित छ ।