कोरोना नियन्त्रणका लागि सर्वदलीय संयन्त्र बनाउन प्रचण्डको आग्रह
काठमाडौं-नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कोरोना नियन्त्रणका लागि सर्वदलीय संयन्त्र बनाउन फेरी आह्वान गर्नु भएको छ । आफुले डेढ वर्ष अगाडीबाट नै सर्वदलीय संयन्त्र बनाउन आग्रह गरिरहेपनि अहिलेसम्म कुनै पहल नभएको उहाँले बताउनुभयो ।
‘सामूहिक प्रयासबाट नै महामारीबाट मुक्ति पाइन्छ’, उहाँले भन्नुभयो ।प्रचण्डले प्रधानमन्त्री ओलीलाई नैतिकताका आधारमा राजीनामा दिन पनि आग्रह गनुृ भयो । संसद पुर्नस्थापना भएपछि पनि आफुले नैतिकताका आधारमा राजीनामा दिन आग्रह गरेपनि त्यसो हुन नसकेको स्मरण गर्दै उहाँले फेरी पनि मार्ग प्रशस्त गर्न पनि आग्रह गर्नु भयो भयो ।