गाई काटेको अभियोगमा दिदीभाई पक्राउ
सिरहा-प्रहरीले गाईं काटेको अभियोगमा २ जनालाई पक्राउ गरेको छ । सिरहाको लहान प्रहरीले लहान नगरपालिका—२ मा रहेको मिलन चौकमा गाई काटेको भन्दै स्थानीयवासीले दिएको उजूरी दिएपछि प्रहरीले पक्राउ गरेको हो ।
अन्य व्यक्तिहरुको समेत संलग्नता भएकाले पक्राउ परेका दुवै जनाको नाम गोप्य राखिएको छ । मासु प्रयोजनका लागि गाई काटेको भन्दै स्थानीयवासीले प्रहरीमा उजूरी दिएपछि पक्राउ गरिएको प्रहरीको भनाई छ ।
पक्राउ पर्नेमा एक महिला र उनको भाइ रहेको बुझिएको छ । उनका पति फरार रहेका छन् ।