Connect with us
Kapilvast Forest

५८ थान अक्सिजन सिलिन्डर अस्पताललाई हस्तान्तरण

२०७८, १ जेष्ठ शनिबारमा प्रकाशित

दोलखा-कोभिड रोकथाम तथा नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालय दोलखाले ५८ थान अक्सिजन सिलिन्डर संकलन गरी चरीकोट अस्पताललाई हस्तान्तरण गरेको छ ।

जिल्लाका विभिन्न ठाउँमा रहेका खाली तथा भरिएको अक्सिजनका सिलिन्डर प्रहरीले संकलन गरेर चरीकोट अस्पताललाई प्रदान गरेको दोलखाका प्रहरी नायब उपरीक्षक भेषराज रिजालले बताउनु भयो ।

जिल्लामा आजसम्म दोस्रो चरणको कोभिडका कारण ४३३ जना संक्रमित भइसकेका छन् । तीमध्ये हालसम्म १९ जना निको भइसकेका छन् भने चार जनाको मृत्यु भएको छ । कोभिड संक्रमित ३१ जनाको चरीकोट अस्पतालमा उपचार भइरहेको छ । तीमध्ये चार जनाको गम्भीरावस्था रहेको अस्पतालका निर्देशक डा विनोद डंगोलले बताउनु भयो ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu