Connect with us
Kapilvast Forest

आजको मौसम : पहाडी भेगमा पानी पर्ने, उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना

२०७८, ४ जेष्ठ मंगलवारमा प्रकाशित

काठमाडौं – पश्चिमी न्यून चापीय प्रणाली र पूर्वीमध्य अरब सागरमा रहेको सामुद्रिक आँधी ‘चक्रवात’को प्रभाव कारण देशभर बदली रहेको छ।जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार बिहान देशभर सामान्य बदली रहेको छ।

दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। पहाडी भू–भाग तथा कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। उच्च हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात र वर्षाको सम्भावना छ।

यस्तै, महाशाखाका अनुसार राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। पहाडी भू–भाग तथा कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। उच्च हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात र वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

पूर्वीमध्य अरब सागरमा रहेको शक्तिशाली चक्रवात उत्तर–उत्तरपश्चिम हुँदै भारतको गुजराततिर बढ्ने क्रममा रहेको छ। उक्त चक्रवातको प्रत्यक्ष प्रभाव नेपालमा नपरे पनि केही असर नेपालको भू–भागमा पनि पर्ने सम्भावना रहेको महाशाखाले. जनाएको छ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu